Logo

भ्रष्टाचारीलाई एकएक गरी कारबाही गर्नुपर्छ : चित्रबहादुर केसी (भिडियोसहित)



चैत २, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था ठिक नभएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले आफूहरुले राम्रो काम गरोस भनेर समर्थन गरे पनि सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए ।

महङ्गी, कालोबजारी र भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न नसकेको केसीको जिकिर छ ।

“नेपाली जनताले देख्नेगरी भ्रष्टाचारीलाई एकएक गरी कारबाही गर्नुपर्छ । सुशासन दिनुपर्छ । महङ्गी नियन्त्रण गर्नुपर्छ ।” केसीले भने ।



प्रतिक्रिया दिनुहोस्