चैत ३, काठमाण्डौ । लोक गायक पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गित विवादमा पर्यो । गितले सरकारलाई अनावश्यक आरोप लगाएको भन्दै विवाद भएपछि गायकलाई निकै सास्ती पर्यो ।
तर शर्माको गितको बोल लुट्न सके लुट कान्छा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठ्याक्कै मिल्न गएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आफैँमा अव्यवस्थित छ । पछिल्लो समय विमानस्थलभित्र व्यापार व्यवसाय गर्दै आएका पसल, होटल तथा एयरलाइन्स कम्पनीले बक्यौता रकम नतिर्दा समस्या थपिएको छ । २०७५ पुस मसान्तसम्मा मात्रै २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७ सय ३९ रुपैयाँ बक्यौता पुगेको छ । पुगेको छ । विमानस्थल कार्यालयले एयरलाइन्स कम्पनीले ३ महिनाभित्र बक्यौता चुक्ता नगरे जहाज नै ग्राउन्डेड गरिदिने चेतावनी दिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले एयरलाइन्स कम्पनीले ३ महिनाभित्र बक्यौता चुक्ता नगरे आफूहरु जहाज नै ग्राउन्डेड गर्ने गरी अगाडि बढेको जनाएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बक्यौता रकमको विषयमा भएको छलफलमा विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बिमानस्थलबाट असुली गर्नुपर्ने बक्यौता रकम मात्रै झन्डै साढे २ अर्ब पुगेको भन्दै बक्यौता नतिर्ने एयरलाइन्सको जहाज नै ग्राउन्डेड गरिने बताउनुभयो ।
विमानस्थलभित्र व्यापार व्यवसाय गर्दै आएका पसल, होटल तथा एयरलाइन्स कम्पनीको बक्यौता २०७५ पुस मसान्तसम्मा मात्रै २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७ सय ३९ रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेको एयरलाइन्स कम्पनीमध्ये सबैभन्दा बढी बक्यौता रकम राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स एडिएफसहित गरी ३४ करोडभन्दा बढी पुगेको छ । नेपाल एयरलाइन्सले अहिले किस्ताबन्दीमा बक्यौता चुक्ता गर्दै आएको छ ।
आन्तरिकतर्फ सञ्चालनमा नरहेको १२ एयरलाइन्समध्ये सबैभन्दा बढी ४ करोड ६३ लाखभन्दा बढी र कस्मिक एयरलाइन्सको ३ करोड ३३ लाखभन्दा बढी बक्यौता रहेको छ । यो रकम असुलीका लागि पनि प्रक्रिया थालनी भएको क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै बिबिध कारणले बिमानस्थलभित्र रहेको पसल, होटलबाट पनि बक्तौता रकम उठ्न नसकेको उहाले बताउनुभयो ।
बैठकमा सांसद डा मिनेन्द्र रिजालले वक्यौता रकम उठान बिमानस्थल कार्यालय पनि उदासिन देखिएको बताउनुभयो । सञ्चालनमा रहेका र बन्द रहेका एयरलाईन्सबाट छिटो भन्दा छिटो वक्यौता रकम उठाउन उहाले ध्यानकर्षण गराउनुभयो ।
त्यस्तै सांसद ह्देयश त्रिपाठीले चिया र विस्कुट बिक्रि गर्ने नाममा बिमानस्थलबाट अवैध काम हुने गरेको भन्दै यसमा बिमानस्थल सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
छलफलपछि बैठकले बिमानस्थलको बक्यौता रकम कति समयमा उठाउन सक्छ, त्यसको विस्तृत जानकारी समितिमा पेश गर्न निर्देशन दिएको छ । त्यस्तै बक्यौता रकम उठाउने बिषयमा परेको मुद्धाका बारेमा पनि समितिमा जानकारी गराउन बैठकले निर्देश गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २० भन्दा बढी फर्मले सम्झौता अवधि सकिएपनि अदालतको स्टेअर्डरका कारण व्यापार तथा व्यवसाय गर्दै आएको बिमानस्थल कार्यालयले जनाएको छ ।