वीरगन्ज, ३ चैत्र । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई छपकैयावासीले सम्मानित गरेका छन् । वीरगन्ज महानगर नगरपालिका वडा नम्बर २ छपकैयाबाट सयौको सख्यामा महानगरपालिकाको कार्यालय पुगेका स्थानीयले नगर प्रमखु सरावगीलाई धन्यवाद व्यक्त गर्दै माला लगाएर सम्मान गरेका छन् ।
छपकैया पोखरी बचाऔ सघर्ष समितिका अध्यक्ष जफ्फर अंसारीको नेतृत्वमा पुर्व वडा अध्यक्ष शेख नैमुदिन मिया ,राजदेव बरइ र शेख लालमहमदलगायत महिला तथा पुरुषहरुको टोलीले वीरगन्जको छपकैयामा रहेको सार्वजनिक पोखरीको जग्गालाइ बचाउन महानगरपालिकाले अगाडि बढाएको कारवाहीप्रति धन्यवाद व्यक्त गर्दै वडावासीले नगर प्रमुखलाई सम्मान गरेका हुन् ।
स्थानीय प्रमोद विक्रम शाहले किर्ते कागज खडा गरि गोश्वारा नापीबाट आफ्नो नाउमा उक्त जग्गा दर्ता गराएपनि नेपालको सविधानको धारा २१८ तथा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १७ बमोजिम पोखरीलाई पुन सार्वजनिक गराउन सम्बन्धित मन्त्रालयहरुमा गरिएको पत्राचारलगायतका विभिन्न कामप्रति महानगरपालिकालाई छपकैयावासीले एक कार्यक्रम गरी धन्यवाद व्यक्त गरेका छन् ।
स्थानीयहरुले गरेको सम्मानप्रति नगर प्रमुख सरावगीले धन्यवाद व्यक्त गर्दै आफु महानगरको विकास र धरोहरहरुको रक्षार्थ सधैं प्रतिवद्ध रहेको विश्वास दिलाए ।
उनले वीरगन्ज छपकैया पोखरी सार्वजनिक जग्गा भएको र त्यासलाई जोगउनु महानगरपालिकाको कर्तव्य भएको बताउदै आवश्यक सबै कार्यवाहीहरु अगाडि बढाइएको पनि स्पष्ट पारे ।