काठमाडौँ, ४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।