Logo

निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि



काठमाडौं, ४ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए । सोमबार संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि बहानामा सो विमानस्थलको निर्माण कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्