ललितपुर, ५ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका हुन्।
मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सडकलाई सुरक्षित बनाउन सोसम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको बताए। मन्त्री महासेठले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई पनि सचेत गराए।
मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको पनि स्मरण गराए।