Logo

‘गणतन्त्र र संघीयताको विषयमा जनमत संग्रहमा जानुपर्ने’



काठमाडौं, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारे।

टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको मागअनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको स्पष्ट पारे।

कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए। उनले पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे।

 



प्रतिक्रिया दिनुहोस्