Logo

विप्लवलाई झट्का, दाहिने हात वली पक्राउ



चैत ९, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

वलीलाई नेपाल प्रहरीको विशेष व्युरोले शुक्रबार राति काभ्रेबाट पक्रेको हो । वली विप्लवका विश्वासपात्र मात्रै थिएनन्, दाहिने हात नै हुन् । उनी पक्राउ परेसँगै विप्लवलाई ठूलो झट्का लागेको छ ।

काभ्रेबाट स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका वलीसहितका ९ नेता/कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै मध्यकमाण्डका नेताहरु हुन् । नियन्त्रणमा लिइएका सबै नेता/कार्यकर्तालाई काठमाडौं परिसर, टेकु ल्याउने बताइएको छ ।

वलीमाथि करिब एक महिनाअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराएको आरोप छ । उक्त विष्फोटको जिम्मेवारी पनि वलीले नै लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्