Logo

लोकसेवा आयोगको परीक्षा कसरी हुन्छ ? राजनीतिक हस्तक्षेप ! (भिडियोसहित)



चैत १०, काठमाण्डौ । सरकारी जागिर खान चाहनेलाई लोक सेवा आयोग फलामे ढोका जस्तै हो । अर्थात आयोगले लिने परीक्षा फलाम चिउरा चपाएसरह हुन्छ ।

यही आयोगका अध्यक्ष उमेश मैनालीसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै मैनालीले लोक सेवा आयोगले लिने परीक्षादेखि नेपालको कर्मचारीतन्त्रको बारेमा खुलेर कुरा गरेका छन् ।

पछिल्लो समय देश संघीयतामा गएपछि आवश्यक थप कर्मचारी भर्ना प्रक्रियामा पनि आयोगको भूमिका प्रत्यक्ष रुपमा रहने गरेको छ ।

पछिल्लो समय आयोगलाई पनि राजनीतिक हस्तक्षेपको सिकार बनाउन खोजिएको गुनासो मैनालीले गरेका छन् । तर आयोगलाई सजिलै कसैले पनि हल्लाउन नसक्ने मैनालीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्