चैत १०, काठमाण्डौ । महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेपछि अहिले कांग्रेसका जिल्लासभापतिहरु पार्टी नेतृत्वप्रति रुष्ट छन ।
केही साता अघि मात्रै विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका जिल्लासभापतिहरुले केन्द्रिय समितीको निर्णयविरुद्ध आगामी चैत २० र २१ गते पुन भेला राख्ने निर्णग गरेको छ । यो संगै कांग्रेसभित्रको विवाद पुन बल्झिएको छ ।
लामो समयसम्म पनि पार्टी नेतृत्वलाई निर्णय सच्याउन दवाव दिएपनि निर्णयमा पुर्नविचार नगरेपछि जिल्ला सभापतिहरुले राष्ट्रिय भेला पुनः बोलाएका हुन । जिल्ला सभापतिहरुको ककनी भेलाका सुझाबका साथै महासमितिमा गरिएको प्रतिबद्धतालाई केन्द्रीय समितिले लत्याएकाले बाध्य भएर आफुहरुले पुन जिल्ला सभापतिको भेला डाकिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँको भनाइ छ ।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए । साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए ।
तर जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । केन्द्रिय समितीभन्दा माथिल्लो निकाय महासमिती बैठकले गरेको निर्णय उल्टाउनु गलत भएको भन्दै जिल्लासभापतिहरुले उठाएको विषय सही भएको कांग्रेस नेता धनराज गुरुङले बताए ।
यसअघि केन्द्रिय समितीको निर्णय विरुद्ध पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति समेत राखेका थिए । तीन साताअघि ५६ जिल्ला सभापतिहरुले सामूहिक विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णयको विरोध गरेका थिए ।