Logo

‘प्रदेश ५ को नाम लुम्बिनी, मुकाम बुटवल नै’



बुटवल, १० चैत्र। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छबिलाल बिश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाइ स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका बिश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाइ स्थायी र नामाकरण गरिहाल्नुपर्ने बताएका हुन् । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ ।

‘अब यस्लाइ चर्चा र बहसको बिषय बनाउन जरुरी छैन,संसारले मानेको बुद्ध जन्मस्थल लुम्बिनी नै नामको लागि उत्तम छ,राजधानी त बुटवल माइन्डसेट भइसक्यो ।’-उनले भने ।

‘अब यहा पूर्वाधार पनि बनिसके,नाम पनि सर्बमान्य लुम्बिनी नै हो यस्मा अब धेरै घुमाउरो कुरा गर्नुपरेन ।’बिश्वकर्माको भनाइ छ । सरकार बिकास र समृद्धिको दिशातर्फ हिडिरहेको भन्दै उनले बिप्लवलाइ गैर राजनीतिक गतिबिधि गर्न छुट नभएको बताए ।

सरकारले नेकपालाइ प्रतिबन्ध लगाउदा स्याबास पाउनुपर्ने भन्दै उनले सरकारको निर्णय ठीक भएको बताए । रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेको उनले सिके राउतलाइ मूल धारको राजनीतिमा ल्याएर अखण्ड मुलुक बनाउने प्रयास गरिएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्