चैत ११, काठमाण्डौ । सत्तारुढ दल संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय जनता पार्टीसँगको एकता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले प्रारम्भिक वार्ता मै सिमित भए पनि कुरा नबिग्रिएको जानकारी दिए ।
पार्टीबीच पत्राचार पनि भइरहेको भन्दै उनले एकताको सम्भावना रहेको बताए । तर राजपाले एकताका लागि सरकार छाड्नुपर्ने शर्त राख्नु गलत भएको श्रेष्ठले बताए ।
तत्काल फोरम सरकारबाट बाहिरिने सम्भावना नरहेको श्रेष्ठको भनाई छ । पार्टी एकताका लागि विचार र सिद्धान्त मूल कुरा भएकाले सरकारमा सहभागिताको विषयलाई मुख्य बनाउन नहुने बताए ।
यद्यपी सत्ताको नेतृत्व गरिरहेको नेकपा आफूहरुले भने झैँ संविधान संशोधन गर्न तयार नभए सरकार छोड्ने श्रेष्ठले स्पष्ट पारे ।