Logo

विप्लवका कारण यसरी हुँदैछ भीआईपीको सुरक्षामा कडाई



चैत १३, काठमाण्डौ । सरकारले भीआईपीहरु र उनीहरु जाने कार्यक्रमस्थलहोस वाकार्यालय सवैतिर सुरक्षा अवस्था थप मजबुथ बनाइएको छ ।

कारण हो नेत्र विक्रम चन्द विप्लव समुहले विशेष गरी तत्कालिन माओवादीका नेता तथा मन्त्रीहरुलाई कारबाही लक्षित गरेको निष्कर्ष सहित यस्तो व्यवस्था गरेको हो । सरकारले विप्लव समुह केही होइन भनिरहँदा विशिष्टहरुको सुरक्षामा भने सरकारले नै खतरा देखेको छ ।

तपाई अहिले मुलुकको मुख्य प्रशासानिक केन्द्र सिंह दरवार जानुस वा मन्त्री निवासमा सहज रुपमा भीआईपीहरुलाई भेट गर्न पाउनुहुने छैन । कोही भीआईपी मन्त्री होस् शिर्ष नेताहरुलाई भेट गर्नको लागि धेरै सुरक्षा तह पार गर्नुपर्ने हुन्छ ।

हो विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाइसकेपछि संम्भावित असुरक्षालाई ध्यानमा राख्दै सरकारले सुरक्षा अवस्था मजबुत बनाएको हो । विप्लव समुहले पछिल्लो समय हिंसात्मक गतिविधिलाई बढाएसँगै कुनै पनि भीआईपी तथा जनप्रतिनिधिहरुलाई सुरक्षा चुनौती रहेका ठाउँहरु तथा व्यत्तिहरुको सुरक्षामा प्रहरीले आफ्नो सक्रियाता बढाइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीको भनाइ छ ।

यसअघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत आफुहरुलाई सुरक्षा थ्रेट रहेको सार्वजानिक रुपमै बताएका थिए । एकातिर सरकारले विप्लव समुहलाई चुनौतिका रुपमा पनि लिने र अर्को तर्फ वार्ताका माध्यमबाट समाधान गर्नुभन्दा धम्कीपुर्ण अभिव्यक्ति दिइरहनुले समस्या थप बल्झिने देखिएको छ ।

यद्यपी सरकारले अभियान नै चलाएपछि विप्लव समुहका धेरै नेता तथा कार्यकर्ताहरु पक्राउ परिसकेका छन् । जसका कारण विप्लव समुह कमजोर बन्दै गएको कतिपयको विश्लेषण छ ।



प्रतिक्रिया दिनुहोस्