Logo

‘सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्छौं’



काठमाडौं, १३ चैत । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै भएको चर्चा गर्दै मिर्गाैला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताएका छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपाल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनए विएच) मा सूचीकृत भएको अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यादवले समृद्धिको आधार नै स्वास्थ्य भएकाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको जानकारी दिँदै पछिल्लो समय नसर्ने रोग नियन्त्रणमा चुनौती थपिएको सुनाए । उपप्रधानमन्त्री यादवले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना, नयाँ स्वास्थ्य नीति, सरकारी स्वास्थ्य संस्थालाई उपकरण, जनशक्ति तथा पूर्वाधारका क्षेत्रमा बलियो बनाउन लागिएको जानकारी दिए ।

सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । बालगुरु आदित्यले ‘मूल्यबापत मात्र सेवा दान होइन, उपचार सेवाबापत जीवन उपहार देऊ’ भन्ने लिखित आशीर्वचन प्रदान गरेका थिए।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot