Logo

मेडिसिटी विरामीको सेवामा तल्लीन रहन्छ : डा. महतो



काठमाडौं, १३ चैत । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको स्पष्ट पारेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपाल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनए विएच) मा सूचीकृत भएको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेडिसिटी अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने उनले विश्वास दिलाए । महतोले भने,“समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थक बनाउन अरुको मुख ताक्नु हुँदैन आफैँले केही गर्नुपर्छ ।”

सो अवसरमा एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले नेपालको स्वास्थ्य सेवा अन्तर्रा्ष्ट्रियस्तरमा पुगेकामा बधाई दिएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा. समता प्रसादले अस्पतालका सेवाका बारेमा जानकारी दिएकी थिईन् ।

के हो एनएविएच ?

अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, प्रविधि, बिरामी मैत्री पूर्वाधार तथा मापदण्ड लगायतका क्षेत्रलाई अन्तर्रा्ष्ट्रियस्तरको सूचीकृत एनएविएचले गर्दछ । नेपालकोतर्फबाट सो सूचीमा पाउने नेपाल मेडिसिटी अस्पताल पहिलो बन्न पुगेको छ ।

यसले अस्पताल र स्वास्थ्य सेवा प्रदायकको विभिन्न पद्धति र विधिबाट सूक्ष्म अनुगमन गरी स्वास्थ्य सेवा अन्तर्रा्ष्ट्रियस्तरको हो भन्ने प्रत्याभूति गर्दछ । भारतका ठूला १७ हजार अस्पतालमध्ये ५९२ अस्पतालले मात्र एनएविएच प्राप्त गरेका छन् ।

भारत बाहिर फिलिपिन्सपछि नेपालको सो अस्पताले एनएविएच प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्दे्शिका २०७० अनुसार पनि सो अस्पताल उत्कृष्ट बनेको छ । जनशक्ति, पूर्वाधार र प्रविधिको उत्कृष्ट समायोजनले गर्दा अस्पतालले सो उपाधि प्राप्त गर्न सफल रहेको बताइन्छ ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot