Logo

प्रचण्ड बारामा, राहत प्रक्रिया अघि बढाएको दाबी



बारा, १९ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको प्रतिकृया दिएका छन् ।

बारा र पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन् । पर्सा्स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको प्रतिकृया दिए ।

उनले आफूहरुले राहतको विषयमा छलफल गरिरहेको बताउँदै सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने प्रतिकृया दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot