Logo

नेपाल-भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव हुने



काठमाडौं, २१ चैत । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम/एस फ्रान्चाइजसँगको सहयोगमा काठमाडौंस्थित भारतीय राजदूतावासले आगामी जेष्ठ १ र २ गते होटल याक एण्ड यतीमा “नेपाल–भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव” आयोजना गर्ने भएको छ ।
ब्रान्ड उपभोगको मामिलामा कन्जुस्याइँ गर्न नहिच्किचाउने आकांक्षी नेपाली उपभोक्ताहरुका कारण नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउँदै आएको छ ।
दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,नेपालमा रहेका व्यवसायहरुले यस्ता लक्षित उपभोक्ताको आकांक्षालाई पूर्ति गर्न जरुरी छ र यस्ता किसिमका कन्क्लेवले भारतका प्रमुख ब्रान्डहरुलाई नेपालमा ल्याउन मद्दत गर्दछ । यस्ता ब्रान्डहरुको प्रवेशले नेपालमा लगानीमात्र नभर्ई प्रविधि तथा व्यवसायिक ज्ञान तथा दक्षतालाई पनि भित्राउन सहयोग गर्ने विश्वास लिईएको छ ।

नेपालमा व्यवसायीक साझेदारीका निमित्त भारतका करिब ७०–८० प्रमुख तथा प्रख्यात ब्रान्डहरु यस कन्क्लेवमा सहभागी हुने अपेक्षा गरिएको छ । रिटेल, फेशन, शिक्षा, आतिथ्य एवम् खाद्य तथा पेय पदार्थजस्ता क्षेत्रहरुमा सक्रिय केही मुख्य ब्रान्डहरुले उक्त सम्मेलनमा सहभागिता जनाउने पक्का भइसकेको दुतावासले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्