Logo

चताराधाममा कुम्भमेला आयोजना गर्न ५० लाख दिने सरकारको निर्णय



काठमाडौं, २२ चैत । प्रदेश नम्बर १ सरकारले चताराधाममा कुम्भमेला आयोजना गर्न ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शनिबारदेखि एक महिनासम्म चल्ने कुम्भमेलाका लागि ५० लाख निकासा गर्ने निर्णय गरेको हो।

कुम्भमेलाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार आफैंले लिएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीको संयोजकत्वमा संयोजन समिति गठन गरिएको छ।

चतारामा हिन्दु धर्म प्रवर्द्धन गर्न बसेका जगतगुरू बालसन्त महाराजको अगुवाइमा कुम्भमेला आयोजना हुँदै आएको छ। कुम्भमेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्