Logo

देउवा निवासमा पदाधिकारीको बैठक, फुक्ला त गाँठो ?



काठमाडौं, २२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिकण्ठमा बसेको छ । पछिल्लो समय जिल्ला सभापतिहरुको भेला बसेर सभापति देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेको र विशेष महाधिवेशन बोलाउन माग गरेकोले देउवाले पदाधिकारीको बैठक डाकेका हुन् ।

बैठकमा महासमितिको निर्णय विरुद्धमा केन्द्रिय कार्यसमितिले किन विधान पारित भएको भन्दै समिक्षा भएको देउवानिकट स्रोतले जनाएको छ । पार्टीभित्र उठेका असन्तुष्टिका आवाजहरुलाई सम्बोधन गर्नेबारे छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्