Logo

प्रदिप र जसिताको घोषणा : ‘लभ स्टेसन’ हलिउडको फोटोकपी हो (भिडियोसहित)



चर्चित नायक प्रदीप खड्का र नायिका जसिताले हालै प्रर्दशनमा आएको ‘लभ स्टेशन’ हलिउडको फोटोकपी भएको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार धमलाले नायक खड्का र नायिका जसितासँग गरेको कुराकानी यस्तो छ :

प्रदिपजी फिल्म कस्तो चलिरहेको छ?
ब्यापक राम्रो चलिरहेको छ । हिजो शनिवारको दिन बिहान केही समय पानीपर्दा पहिलो शोमा केही प्रभाव परेपनि अल नेपाल हाउसफुल भईरहेको छ ।

यो फिल्म हेर्न दर्शक किन हलसम्म आउने?
प्रदिपः यो फिल्ममा ईमोशनल फ्याक्ट रहेको छ । यसको कथा बस्तु मासिसुहरुको आङ सिरिङ पार्ने खालको छ त्यहि अनुभव लिन आउनु पर्छ ।

लव स्टेसनमा के–के छ ?

यो फिल्ममा रोमान्स, एक्सन, कमेडि, परिवारिक कथा आदिले भरिएको छ ।

कस्तो प्रकारको रोमान्स छ फिल्ममा?

परिवारका सदश्य बसेर हेर्ने मिल्ने खालको रोमान्स रहेको छ।

जसिताजी फिल्म कस्तो चलिरहेको छ?

बिहान मौसमलाई लिएर नर्भस भएपनि दर्शकको माया पाएका छौं । चलचित्र लिलिबिलिभन्दा राम्रो रेस्पोन्स पाएका छौं ।

फिल्ममा तपाईको भूमिका कस्तो रहेको छ ?

मैले रानीको भूमिका निभाएको छु । राजाको रानी नभएर नाम मात्रको रानीको भूमिकामा रहेको छ । अलि चुलबुले खालको भनौं न ।

यो चलचित्रमा सफल चाहीँ को? नायक कि नायिका ?

प्रदिपः नारी प्रदान चलचित्र भएको कारणले अभिनेत्रिलाई नै श्रेय जान्छ । फिल्ममा बच्चा हराउदा आमाले भोगेको पिडालाई देखाउने प्रयास गरेको छ ।द्धन्दको समयमा धेरै नेपालीले भोगेको पिडा रहेको छ । बरु मरेर गएको मानिस फर्केर आउने आशा मरिसकेको हुन्छ तर हराएको आशा मरेको हुर्देन । पर्खाईको पिडालाई पर्दामा उतारेका छौ ।फिल्ममा पनि एउटा आमाले आफ्नो हराएको छोरी फर्केर आउन्छिन भनेर २२ वर्षसम्म पर्खेर बसेको कथावस्तु रहेको छ।

धमलाः प्रदिपजी यो चलचित्र किन फोटोकपिको रुपमा बनाउनु भयो ?

प्रदिपः फोटोकपि भन्दापनि राम्रो आईडिया लिन खोजको मात्र हो । गोबिन्द केसिले अनसन बस्दा माहात्मा गान्धिको कपि गर्यो भन्न मिल्दैन । फिल्ममा सबै कुरा फरक रहेको छ ।फोटोकपि भन्न मिल्दै मिल्दैन ।

धमलाः हामी किन अर्काको चलचित्रमा भर परेर नक्कल गर्छाे ?

जसिताः जस्ताको त्यस्तै कपि भन्ने हुँदैैन । नयाँ र राम्रा करालाई कथामा समेटन सकिन्छ ।फरक तरिकाले देखाउन सक्ने कला बोक्न सक्नुपर्छ ।

धमलाः फिल्म बनाउने निर्माता निर्देशले नै बिरोध गरेका छन किन होला ?

प्रदिपः फिल्म बनाउने कुनै सुत्र रहेको छैन । जो सुत्र अनुसार बनेको छ कि छैन भनेर भन्न सकियोस ।फिल्म सफल र असफल भन्ने कुरै हुदैनथ्यो ।सबैलाई समिक्षा गर्ने अधिकार रहेको छ । राम्रो र नराम्रो भन्ने त भईहाल्छ नि ।हलसम्म गरए समिक्षा गर्नु राम्रो हो तर फिल्म नै नहेरि अर्कामा डर पैदा गरिदिने प्रणालिको बिकास भएकै हो ।

धमलाः नेपाली फिल्म जगतमा ग्रह दशा लागेकै हो ?

जसिताः त्यो भन्दापनि हाम्रो फिल्म उद्योगमा केहि राम्रा फिल्महरु आउन सायद नसकेका हुन कि ?कलाकारले निकै मेहनत चाँहि नगरेका होइनन् ।बामे सर्दे गरेको नेपाली फिल्म जगतलाई हलिउड र बलिउडसंग दाँजेर हेर्ने कारणपनि यस्मा प्रभाव रहेको हुन सक्छ ।फिल्मको समिक्षा शुक्रवारको पहिलो शो हेरेर होईन बिहिवारको अन्तिम शोले निर्धारण गर्छ फिल्म कस्तो चल्यो भन्ने कुरा ।

धमलाः दर्शकले तपाईबिच माया प्रेम रहको चर्चा गरिरहनु भएको छ । के हो वास्तबिक्ता ?

प्रदिपः फिल्ममा मैलै भन्दापनि जसिताले खेल्ने पक्का पहिला नै थियो म चाँहि पछिमात्र जोगिन पुगेको हुँ । तपाईले सोचे जस्तो अरु केहि होईन ।

धमलाः प्रदिप जि लाई जसिताले मन पराउनु हुन्छ कि हुदैन ?

(दुबैजना हाँस्दै)साथिको रुपमा हाँमि एक अर्कालाई मन पराउँछौं ।

धमलाः बिवाहको बारेमा के सोचि रहनु भएको छ । प्रेम बिवाहमा बाधिनसक्ने सम्भावना ?

प्रदिप र जसिता दुबै ः हाम्रो परिवारिक सम्झौता अनुसार नै बिवाह बन्धनमा बाँधिने छौ । भोलीहाम्रो जिवनमा को आउन्छ र समयले कस्तो परिस्थिति ल्याउन्छ त्यसमा भर पर्छ ।

धमलाः नेपाली चलचित्रमा अहिले धेरै फ्ल्प नायक नायिकाहरु रहेका छन,यस्को कारण ?

प्रदिपः यो कुरा नायक र नायिकामामात्र भर पर्न सकिदैन ।त्यस्को कथादेखि थुप्रैकुराहरुले प्रभाव पार्न सक्छ ।

धमलाः प्रेमगीतबाट चर्चा कमाउनु भयो तर अहिले सेलाउनु भएको हो ?

प्रदिपः मलाई सपोर्ट गर्ने दर्शकको संख्या दिनानुदिन बढेदै गएको छ । मलाई त्यस्तो लाग्दैन । मेरा दर्शकहरु अझ बढिरहेका छन । फिल्म खेल्न चाहने कलाकारकोलागि फिल्ममा स्थान पाउनु सफल्ता हो जुन मैलै पछिल्लो समयमा पाईरहेको छु ।फिल्म उद्योगमा आफ्नो पहिचान बनाउन सक्नु सफलता हो जुन पछिल्लो समयमा भईरहेको छ ।अहिले लभ स्टेसनले पाएको माया हाम्रो सफलताको प्रमाण रहेका छ ।

धमलाः जसिता जि तपाई नेपाली चलचित्रमा के देखेर आउनु भएको ?

जसिताः म नेपाली फिल्मलाई माया गर्ने कलाकार हुँ ।आफुमा भएको कला देखाउने लक्ष पनि मेरो कलिउड आगमनको अवसरको रुपमा रहेको छ ।नेपाली चलचित्र उद्योगमा केहि योगदान दिनकैलागि नेपाली चलचित्रमा जोड दिए । फिल्ममा भएका नाटक, गित संगितले नै मलाई लन्डनबाट आफ्नो देश फर्केर केहि गरौै भन्ने लागेर नै नेपाली सिनेमामा पाइला टेके ।नेपाली सिनेमाबाट हराउने पक्षमा छैन ।

धमलाः पुजा शर्मासंग बोलचाल नै छैन भन्ने कुर के हो प्रदिप जि ?

प्रदिपः मेरो कोहिसंग पनि त्यस्तो सम्बन्ध रहेको छैन ।मेरो सबैसंग बोलचाल भईरहेको हुन्छ । सबैलाई देखाउन सकिदैन ।सव हल्लामात्र हो ।

धमलाः तपाई अहिलेका महङगो पारिश्रमिक लिने कलाकारमा पर्नुहुन्छ ।आजसम्म कति चलचित्रको पारिश्रमिक पाउनु भएको छैन ।

प्रदिपः मैले आजसम्म छ ओटा चलचित्रमा अभिनय गरे तर रोज चलचित्रको पैसा सबै आज सम्मपनि पाएका छैन । निमार्ण समुहबिचको बिवादले अहिले सम्मपनि पैसा नपाएका हो ।चलचित्रमा यति उति पारिश्रमिक भन्दापनि सेयरको हिसावमा फिल्ममा साईन गरिन्छ । अहिलेसम्म फिल्मको तिस प्रतिशतसम्म लिएको छु ।

जसिताः मलाई पैसा ठुलो कुरा हो भन्न मिल्दैन । दर्शकका माया नै ठुलो कुरो हो । अहिलै नै खुलाउन चाहादैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot