Logo

महिलाहरुलाई ओपीडी टिकट निःशुल्क



चितवन, २५ चैत। चितवन मेडिकल कलेजले अस्पतालमा सेवा लिन आउने महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने भएको छ ।

आइतबार अस्पतालमा फर्टि्लिटी सेन्टर (टेस्ट टयूव बेबी सेन्टर) उद्घाटनको क्रममा भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेणु दाहालले भरतपुर अस्पतालमा उपचारका लागि जाने महिला तथा वृद्धवृद्धालाई महानगरपालिकाको संयोजनमा ओपीडी टिकट निःशुल्क गरिएको भन्दै अन्य निजी अस्पताल तथा मेडीकल कलेजहरुलाई पनि महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्न आग्रह गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्