चैत २५, काठमाण्डौ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वलीविरुद्धको मुद्धामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।
बहसमा वली आफैँ उपस्थित भएका छन् । वलीसहित ९ जनालाई संगठित अपराध विरुद्धको मुद्दा लगाइएको छ ।
नेता ओलीसहित ९ जनालाई चैत ८ गते काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका मध्य कमाण्ड इन्चार्ज समेत रहेका वलीविरुद्ध ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको मुख्यालयमा शक्तिशाली वम विष्फोट गराउनमा जिम्मेवार रहेको प्रहरीको आरोप छ ।
फागुन १० गते भएको उक्त विष्फोटको जिम्मा ओलीले लिएका थिए । नेता वलीसँगै नेकपाका नेताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।