Logo

वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार



चैत २७, काठमाण्डौ । सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनकै बीच वीर अस्पतालको टिकट काउन्टर खुलेको छ । चिकित्सक संघ (गोदान) को आन्दोलनका कारण बिरामी मर्कामा पर्न थालेपछि प्रहरीले वीर अस्पतालमा आफै टिकट काटेर वितरण गरी अस्पताल बाहिरबाटै उपचार सेवा दिरहेका छन् । तर उपचार निकै असहज बनेको छ ।।

यो वीर अस्पतालको प्रङगण हो जहा विर अस्पतालमा पुगेका बिरामीहरुलाई अस्पतालको प्रङगणबाटै सामान्य उपचार गराईरहेका छन् । बिरामीहरुको भिड छ । कोहि आफ्नो र आफ्नो आफन्तको उपचारका लागि धेरै दिन देखि उपचार नपाई छट्पट्रिहेका बिरामी आफ्नो पालो पर्खिरहेका छन् । बिहानबाट प्रहरीले टिकट खुलाएको भनिएता पनि ११ बजेबाटै टिकट काटिएको थिएन र विना टिकट सरकारी चिकित्सक सघं गोदानले उपचारको नाटक जस्तै गरिरहेका छन् । प्राङ्गणबाटै दिइएको उपचार सेवाबारे कतिपय विरामीलाई त जानकारीसमेत थिएन ।

बीर अस्पतालको प्रांगणमा टिकट काउन्टरतर्फ सुरक्षाकर्मी तैनाथ छन् भने अर्को तर्फ आन्दोलनरत सरकारी चिकित्सकको संगठन सरकारी चिकित्सकसंघको पदाधिकारीसहित केही चिकित्सकहरु कालो ब्यानरमा आन्दोलनको नारा सहित उपस्थित छन् । वार्ता र सहमतीबाट निकास खोज्नुको साटो प्रहरी परिचालन गरी टिकट खुलाइएको भन्दै सरकारको विरोध गरेको छ ।

एकातिर विरामीको बिचल्लीमा परेका छन् त एकातिर अस्पताल प्रशासन र सरकार भने नदेखे जस्तै गरिहेको छ । वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले पनि चिकित्सक सघंलाई सुरुका दिन देखि आफ्नो आन्दोलनका स्परुप परिवर्तन गरी वार्ता गर्न आग्रह गरेका छन् ।

सरकार र चिकित्सको यो अडान कति समय चल्ने हो अझै कुनै टुङगो छैन । देशभरी रहका १४ सय चिकित्सक कएकै पटक आन्दोलनमा उत्रिदा देशभरीका बिरामीले पटक पटक सास्ति भोगिरहेका छन । तर सरकारी चिकित्सक आफेनै ढिपिमा र सरकारले उनिहरुको मागलाई बेवास्ता गरिदिदा र सरकार र चिकित्सको बिचमा आम सर्वसाधारण परेका छन ।



प्रतिक्रिया दिनुहोस्