Logo

कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?



चैत २७, काठमाण्डौ । सरकारले यही चैतको १५ गते सम्म सवै कर्मचारीे समायोजन गरीसकेको दावी ग¥यो । तर समायोजन पछि कर्मचारी कार्यस्थलमा नखटीदै समस्यै समस्या देखिएको छ । समायोजनमा जान भनी सिफारिस गरी सकेका कर्मचारीहरु समेत अहिले विरोध गर्दै आन्दोलनमा उत्रिएका छन । जसले सरकारको कर्मचारी समायोजनको प्रक्रिया थप अन्यौल र अलपत्र हुदै गएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चैत १५ मा समायोजन सकिएको र कर्मचारी प्रशासनभित्र कुनै समस्या नरहेको दावी गरे पनि विभिन्न सेवा समूहले उठाएका माग व्यवस्थापन हुन नसक्दा समस्या चर्कंदै गएको छ । त्यतिमात्र होइन प्रदेश तथा स्थानीय तहमा कर्मचारी नहुंदा सरकारी कामकारवाही चुस्तदुरुस्त हुन सकेको छैन ।

समायोजनपछि कर्मचारी कार्यस्थलमा जानुको साटो अहिले विभिन्न माग राख्दै आन्दोलन गरी सेवा नै ठप्प पार्दै आइरहेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लोपटक करिब ६ सयभन्दा बढी चिकित्सकलाई संघ तथा १४ सय चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो ।

यता संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी डाक्टरहरुको माग संविधान र संघियता विरोधि भएको बताएका छन् । सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी वा डाक्टरलाई सरकारले कारबाही गर्ने प्रक्रिया समेत अगाडी बढाएको बताएका हुन् ।

तर चिकित्सकको मात्रै होइन अन्य ठांउहरुमा पनि कर्मचारीको समायोजनमा समस्या उस्तै छ । कतिपय ठाउँमा केन्द्रको समायोजनलाई स्थानीय र प्रदेश तहले अवज्ञा गरेका गर्दै स्थानीय तहमा खटिएका कैयौ कर्मचारी हाजिर हुन समेत पुगेका छैनन ।

मन्त्रालयले तीनै तहमा गरी १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । त्यसअनुसार मन्त्रालयले तीन तहमा १ लाख ३१ कर्मचारी समायोजन गरेको हो । समायोजनपछि खटाएको ठाउँमा नजाने र गएकाले पनि जिम्मेवारी नपाउने समस्या देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्