Logo

गुल्मीको मुसिकोटमा जिप दुर्घट्ना, पूर्व सांसदसहित तीन जनाको निधन



गुल्मी, २८ चैत। गुल्मीको मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सांसदको मृत्यु भएको छ। मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको थियो । दुर्घटनामा परि मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको प्रहरीले जनाएको छ बिहीबार विहान मालिका गाउँपालिकावाट उक्त जिप बुटवलका लागि छुटेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन ।



प्रतिक्रिया दिनुहोस्