Logo

हामी वार्ताका लागि तयार छौँ, सरकारले घात गरिरहेको छ : आन्दोलनरत चिकित्सक



चैत २९, काठमाण्डौ । आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीचको लडाई थप जटील बन्दै गएको छ । सरकारले कर्मचारी समायोजन प्रक्रिया तलमाथि नगर्ने अडान लिएको छ भने चिकित्सकहरुले हिजो ७२ घण्टाभित्र माग पूरा नभए थप आन्दोलन गर्ने निर्णय गरेका छन् ।

आन्दोलतरत डाक्टर सुशील मोहन भट्टराईले बाध्यात्मक परिस्थितीका कारण आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । आफूहरुको आन्दोलनले कोही पनि विरामीको ज्यान नजाने प्रतिवद्धता भट्टराईले व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले कर्मचारी समायोजनका नाममा सरकारले आफूहरुमाथि अन्याय गरेको आरोप लगाए ।

नेपालका चिकित्सकहरु संसारमै सबैभन्दा हेपिएको र पाखा लगाएको अवस्था रहेको जिकिर गर्दै उनले पछिल्लो समय त झन नीतिगत रुपमै आघात पु¥याइएको गुनासो गरे ।

“नेपाल सरकारले दिएको तलबले खाजा खान पनि पुग्दैन ।” भट्टराईले भने । सरकारले माग पूरा नगरी पेलेरै जान खोजेको अवस्थामा आफूहरु पनि पछि नहट्ने उनले स्पष्ट पारे । तर सरकारले चाहेको खण्डमा वार्ता गर्न तयार रहेको भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस्