Logo

नेविसंघले सरकारको भण्डाफोर गर्ने



काठमाडौं, २९ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सरकारका गलत काम र प्रवृत्तिको देशव्यापी भन्डाफोर गर्ने भएको छ । नेविसंघले शुक्रबार काठमाडौंमा खबदारीसभा गरी सरकारले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र मास्न लागेको भन्दै खबरदारी गर्ने उद्घोष गरेको हो ।

सरकार अधिनायकवाद लाद्ने बाटोमा अग्रसर भएको भन्दै नेविसंघले सरकारविरुद्ध जनदबाब सिर्जना गर्दै सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार र महँगी बढाउँदै जाँदा जनतामा निराशा बढ्न थालेको निष्कर्षसहित नेविसंघ आन्दोलनमा होमिएको हो ।

नेविसंघका नेता कुन्दनराज काफ्लेले सरकारका गलत कामको खबरदारी गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिइएको बताए । नेविसंघ प्रदेश नम्बर–३ का संयोजक रामप्रसाद अधिकारीले सरकार र माउ पार्टी दुवैलाई खबरदारी गरिने बताए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्