Logo

क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना



मिनराज भण्डारी : काठमाडौं, २९ चैत । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भईसकेको र आफुहरुसंग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराईरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराईन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनुपर्ने भएका कारण आफुहरु खर्च धान्न नसक्ने अवस्थामा आईपुगेको आफन्तले पीडा रहेको छ ।

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाई रहेको उनकी आमाले दुःखेसो पोखिन् । ईमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै कारण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।

छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पुर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताईन् । अहिलेसम्म बालिकालाई दुईपटक किमो दिईसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाईन् ।

विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दे आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् ।

अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाई छ ।
उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर 9866401358,9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेपनि परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्