Logo

‘ओली सरकारविरुद्ध सशक्त आन्दोलन गर्छौं’



काठमाडौं, ३० चैत । राजपाका नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष मण्डलका सदस्य यादवले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारले मधेश आन्दोलनलगायका बारेमा छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने पनि माग गरे ।

त्यस्तै, संविधान संशोधन गर्छु भनेर सरकारले पटक–पटक आफूहरुलाई झुठो आश्वासन दिएपनि अहिलेसम्म संशोधन कार्यलाई ठोस रुपमा अघि नबढाएकोमा यादवले आक्रोश पोखे । उनले संघीयताको मर्म र भानाअनुसार प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राखे ।

फरक प्रसँगमा उनले संघीय समाजवादी फोरम नेपालसँग एकता गर्नेगरि छलफलसमेत अघि बढिसकेको विश्वास दिलाए । उनले भने,‘पार्टी एकताको लागि हामीले कुनै शर्त राखेका छैनौं । उपेन्द्रजीलाई सरकार छोड्न भनेर हामी दबाब दिँदैनौं ।

यादवले पार्टीको महाधिवेशन छिट्टै हुने र त्यसको लागि तयारी भैरहेको जनाए । उनकाअनुसार राजपा नेपालको पदाधिकारीको बैठक आगामी बैशाख ९ गते बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot