Logo

सरकारी जग्गा व्यक्तिको नाममा गराउनेलाई हामी छोड्दैनौं : मन्त्री बास्कोटा



काठमाडौं, ३ बैशाख । सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउनेलाई नछाड्ने चेतावनी दिएका छन् ।

मंगलबार रुपन्देहीको मणिग्राममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो चेतावनी दिएका हुन् । बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि नछाड्ने चेतावनी दिए । आफुले नेकपा महासचिव बिष्णु पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्छ भनेर दिएको अभिव्यक्ति मिडियाबाट बंग्याइएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot