Logo

१९ औँ शताब्दीको नोट्रेड्याम क्याथेड्राल, यसरी खायो ज्वालाले



वैशाख ३, काठमाण्डौ । भीषण आगलागीका कारण फ्रान्सको नोट्रेड्याम क्याथेड्राल (चर्च)मा ठूलो क्षति पुगेको छ । पेरिस सहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा चिनिएको चर्च ऐतिहासिक मानिन्छ । विशेष ऐतिहासिक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ ।

फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको छ । दुई बेल टावर भने सुरक्षित रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग हुनसक्ने अनुमान गरिएका छन् । पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलेफ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई भयानक विपद भनेका छन् । म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागीप्रति दुःख व्यक्त गरे ।

उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् । ऐतिहासिक यो चर्च निकै जीर्ण अवस्थामा पुगेको थियो । अघिल्लो वर्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र धमाधम काम भइरहेको थियो । आगलागीले फ्रान्सका जनता स्तब्ध भएका छन् । विश्वभर नै परिचित चर्चमा आगलागि भएपछि अन्य देशका नागरिकले पनि दुःख व्यक्त गरेका छन् । साँझतिर भएको आगालागीका कारण आगो र धुँवाको ठूलो मुस्लो सहरको निक्कै टाढाबाट पनि देखिइएको थियो ।

चाँडै आगोले गिर्जाघरको मिनार समात्यो र हेर्दा हेर्दै त्यो ढलेको थियो । नोट्र–डामलाई यसअघि १९ औं शताब्दीमा पुनर्निर्माण गरिएको थियो । तर पछिल्लो समय यसमा प्रयोग भएका ढुंगाहरु चर्किदैं गएकाले यसको जीर्णोद्वार सुरु गरिएको थियो ।

केही अधिकारीले जीर्णोद्वारकै क्रममा आगलागी सुरु भएको आशंका व्यक्त गरेका छन् । आगलानी नियन्त्रण गर्ने प्रयास चलिरहँदा आगो गिर्जाघरको छानोमा फैलिएर त्यसलाई पनि जलाएर नष्ट गर्यो । गिर्जाघरको भित्री भाग काठले बनेकाले पनि आगो चाँडै फैलिएको र नियन्त्रण गर्न समय लागेको थियो ।

आगो निभाउन ४०० भन्दा बढी अग्नि–नियन्त्रक खटाइएको थियो । अग्नी नियन्त्रकहरुले आगलागीले गिर्जाघरमा धेरै क्षति पु¥याएको भए पनि मुख्य संरचना भने बचाउन सफल भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्