Logo

धर्मको नाममा प्रलोभन देखाउनेलाई कारबाही गर्छौँ : कानुनमन्त्री



बैशाख ४, काठमाण्डौ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले धर्मको नाममा प्रलोभन देखाउनेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभएको छ ।

नेपाल जैन परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको श्रमण भगवान महावीर स्वामीको २६१८ औं जन्म कल्याणक एवं स्वर्ण महोत्सव मूल समारोहमा उहाले आस्था परिवर्तनका लागी हुने आर्थिक चलखेललाई राज्यले निरुहात्सी र नियन्त्रण गर्ने समेत बताउनुभयो । उहाले सबै धर्मलाई राज्यले प्राथमिकतामा राखेको र धर्म सस्कृतिको सुरक्षा र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

नागरिकहरु आफ्ना आस्था र बिचारका आधारमा गतिविधी गर्न स्वतन्त्र रहेको उहाको भनाइ छ । त्यस्तै उहाले श्रमण भगवान महावीर स्वामीले अहिंसाको माध्यमबाट समाज रुपान्तरणका भएको योगदानको स्मरण गर्नुभयो ।

कार्यक्रममा बिभन्नि व्यक्तिहरुले श्रमण भगवान महावीर स्वामीको स्मरण गरेका थिए भने स्वर्ण रत्न सार्वजनिक गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्