Logo

पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण



पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो।बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए। प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोकेका थिए।

गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लाग्दै आएको थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आएका थिए।सो आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरूलाई पठाइएको थियो।पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताए अनुसार उनको निवासमा प्रहरी पुग्दा फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए।

त्यसको केही मिनेटमा गोली चलेको आवाज आयो। प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए।त्यसपछि लिमास्थित एउटा अस्पताल पुर्‍याइयो जहाँ उनको शल्यक्रिया भयो, तर उनी बाँच्न सकेनन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्

Screenshot