Logo

ओली सरकार ढाल्न बामदेवको षड्यन्त्र (भिडियोसहित)



काठमाडौं, ५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता बामदेव गौतमले वर्तमान सरकार ढाल्न षड्यन्त्र गरेको खुलासा भएको छ । तर, उक्त कुराको नेकपाकै युवा नेता एवम् सांसद महेश बस्नेतले खण्डन गरे ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले ओली सरकार ढाल्न नेकपाकै नेताहरुले गृहकार्य सुरु गरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्