Logo

देउवा र पौडेलबीच ६०–४० को भागबण्डा



काठमाडौं, ५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन समितिदेखि लिएर सबैमा ६० र ४० को भागबण्डामा जाने सहमति भएको छ । कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय देउवा र पौडेलबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

महासमिति बैठकको भावना र निर्णयविपरित जान नहुने भन्दै बरिष्ठ नेता पौडेलले विरोध जनाउँदै आएका थिए । देउवाले पौडेल पक्षलाई पेलेर जाने निधो गरेपछि केन्द्रिय कार्य समिति बैठकसमेत केही दिनको लागि अवरुद्ध भएको थियो । अनुशासन समितिलगायतका कार्य सम्पादन समितिमा पनि पौडेलले सम्मानजनक उपस्थिति खोजेपछि दुई नेताबीच सबै नियुक्तीलगायतमा ६० र ४० कै भागबण्डामा जाने अन्तिम सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्