Logo

जनजागरण अभियानबारे छलफल गर्न बुढानिलकण्ठमा देउवा पक्षको छुट्टै भेला



काठमाडौं, ५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी बैशाख ११ गतेबाट सुरु हुने जनजागरण अभियानबारे छलफलमा जुटेका छन् । देउवानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार देउवा अहिले आफू पक्षका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

सरकारका गलत क्रियाकलापको विरोध गर्नेदेखि कार्यकर्तालाई चलायमान बनाउनेसम्मका विभिन्न १४ उद्देश्यसहित तीन चरणमा देशभर जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै ‘हिमाल, पहाड, तराई मधेस–नेपाली कांग्रेस’ नारासहित ११ वैशाखबाट सुरु हुने गरी देशैभर जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्