Logo

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भव्य सफल हुन्छ : सदस्य सचिव विष्ट



वैशाख ६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको बिहीबार नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरिन् । खेलहरु केही दिनअघि देखि नै सुरु भए पनि औपचारिक उद्घाटन हिजो गरिएको हो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पूर्ण रुपमा सफल हुने दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विष्टले उद्घाटन राम्रो र ऐतिहासिक भएको दावीसमेत गरे । यद्यपी केही कमी कमजोरी हुन सक्ने उनले स्वीकार गरे ।

सानो समय र थोरै बजेटमा गरिएको प्रतियोगितामा भएका कमी कमजोरीलाई ठूलो इस्यु नबनाउन विष्टले आग्रह गरे ।

यो प्रतियोगिताले धरै उपलब्धि प्रदान गर्ने पनि विष्टले बताए । प्रतियोगिताकै कारण प्रदेश पाँचको नेपालगञ्ज, दाङ, बर्दियालगायतका ठाउँमा अन्तराष्ट्रिय स्तरका खेलकूद पूर्वाधारहरु प्राप्त गरेको विष्टले बताए ।

त्यसैगरी यो प्रतियोगिताले १३ औँ साफ गेमका लागि खेलाडि छनौटको अवसर पनि दिएको उनले बताए ।

यसपटक विदेशमा रहेका नेपाली एनआरएनलाई पनि प्रतियोगितामा सहमागि गराएर ठूलो उपलब्धि हासिल गरेको विष्टको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्