वैशाख ७, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको तयारी तिब्र पारेको छ । नेताहरुलाई ७७ वटै जिल्लामा अभियानका लागि जिम्मेवारी पनि तोकिसकेको छ ।
नेता नारायण खड्काले अभियान सुरु गर्दै गर्दा पार्टीभित्र भने समस्या यथावत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले नेतृत्वकै कमजोरीका कारण नेपाल विद्यार्थी संघ नेतृत्वविहिन अवस्थामा पुगेको बताए ।
यस्तो अवस्थाले निरन्तरता पाए पार्टीभित्र विखण्डन हुने सम्भावनासमेत रहेको खड्काले बताए । नेविसंघको स्थापना दिवस नेताहरुले अलग अलग मनाउनु दुखद भएको खड्काले बताए ।
यस्तै विसंगतिका कारण पार्टी अस्तव्यस्त हुँदै गएको खड्काको ठहर छ ।