Logo

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड–२०७५ को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने



काठमाडौं, ७ बैशाख । राष्ट्रिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड– २०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । मुख्य प्रायोजकको नामबाटै ‘नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड– २०७५’ हुनेछ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सकै नामबाट वितरण गरिने आयोजकले जनाएको छ ।

शुक्रबार औपचारिक रुपमा राष्ट्रिय फोटोपत्रकार समूहका तर्फबाट संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट सूचना तथा ब्रान्ड विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी र कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई पुरस्कार स्वरुप ५० हजार रुपैंयाँ नगद राशिसहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ ।

उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड एवं पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि बितरण गरिने कार्यक्रमका संयोजक प्रदीपराज वन्तले बताए ।

कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड, नेपाल टेलीकम डेली लाइफ फोटोपत्रकारिता अवार्ड, पन्चकन्या ग्रुप आर्थिक फोटोपत्रकारिता अवार्ड, थाहा अध्ययन राजनैतिक फोटोपत्रकारिता अवार्ड, लगायत विभिन्न अन्य अवार्डहरुमा आइएमई ग्रुप, नेपाल एयरलाइन्स, इसेवा, देउराली जनता, नेपाल चेम्वरअफ कमर्स, होटल अन्नपूर्ण, रुस्लान म्यूजीकलगायतले सहयोग गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्