Logo

राजपाको तेस्रो वार्षिकोत्सव, ओली-प्रचण्ड आएनन्, देउवा-भट्टराईले साथ दिए (फोटोफिचर)



काठमाडौँ, ७ वैशाख । राजपा नेपालले आज तेस्रो वार्षिकोत्सव मनाएको छ । छ मधेसवादी दल एक भई बनेको राजपा आजदेखि तेस्रो वर्ष प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर राजपा नेपालले आज काठमाडौंको अमृतभोग पार्टी प्यालेसमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

तर, उक्त शुभकामना आदान-प्रदान कार्यक्रममा सत्तारुढ दलका शीर्ष नेताहरुले बहिष्कार गरेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । नेकपाकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएनन् । नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधव नेपाल पनि चियापानमा सहभागी भएनन् ।

कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेल, दमननाथ ढुंगानालगायत विभिन्न दलका नेताले राजपाका नेतालाई बधाई तथा शुभकामना दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्