Logo

प्रधानमन्त्री ओलीलाई एक युवकले कालो झण्डा देखाए



बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जितगढी विजय उत्सव दिवसमा कालो झण्डा देखाइएको छ। बुटवलमा अंग्रेज सेनालाई पराजित गरिएको गढीका रूपमा रहेको जितगढी किल्लामा आयोजित विजय उत्सव दिवसमा प्रमुख अतिथिको रूपमा भाषण गरिहरेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको हो।

सुरक्षाकर्मीको घेरा ताड्दै रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा आएर कालोझण्डा देखाए। ‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै उक्त घिमिरेले कालो झण्डा देखाएका थिए।

उनी कुन पार्टी निकट हुन् भन्ने हालसम्म पहिचान भइनसकेको प्रहरीले जानकारी दिएको छ। कालोझण्डा देखाए लगत्तै प्रधानमन्त्रीले मन्तव्य केहीबेर रोकेका थिए। घिमिरेलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्। FILE PHOTO



प्रतिक्रिया दिनुहोस्