Logo

सरकारले सही दिशा समातेन : बोर्णबहादुर कार्की



बोर्णबहादुर कार्की : ओली सरकारको जनतामा ठूलो अपेक्षा थियो । यसले ठूलो जनसमर्थन पाएको हुनाले पनि यसलाई जनताले अर्थपूर्ण ढंगले हेरेका थिए । अहिलेसम्म थाती राखिएका राजनीतिक समस्याहरू, जनताका समस्याहरू समाधान गर्ला भन्ने अपेक्षा लिएका थिए । तर सरकारले जनताका तत्कालका समस्या के हुन् भनेर चिन्न सकेन ।

जनताका जल्दाबन्दा कतिपय सम्बोधन गर्नुपर्ने समस्याहरू थिए त्यो गर्न सकेन । अहिलेको सरकार बाटो बिराएको बटुवा जो पूर्व, पश्चिम, उत्तर र दक्षिण कतातिर जाने हो भनेर दिशा पक्रन सकेन । आफ्नो लक्ष्य निर्धारण गर्न सकेन खाली एउटा गोलचक्कर मात्र रुमलिन थालेको आभास हुन्छ । यो एक वर्षको जुन कार्यकाल त्यो समय करिबकरिब उपलब्धिविहीन नै हुन पुग्यो । प्रधानमन्त्रीले ‘सुखी नेपाली, समृद्ध’ नेपाल भन्ने जुन सपना देख्नुभएको थियो त्यो सपनामै सीमित भयो । सपना देख्नुभयो तर त्यो सपना पूरा गर्न के गर्नुपर्छ ? कुन बाटोबाट जाँदा त्यो गन्तव्यमा पुग्न सकिन्छ तय गर्न सक्नुभएन । सरकार पूरै अलमलमा परेको छ । त्यसले केही काम गर्न सक्दैन ।

राज्यसत्ता चलाउनको लागि सीप, ज्ञान चाहिन्छ त्यो भएको देखिएन । हुन त नेपालका सबै नेताहरूमा यो समस्या देखिन्छ । कुनै पनि छैनन् यी सबै कुराले भरिपूर्ण छन् भन्न सकिने अवस्था छैन । जब आपैmंले गर्न सकिएन भने राज्यसत्ता चलाउने मान्छेले सल्लाह लिनुपर्छ । जसरी आपूmहरू नभएको चिज असल सल्लाहकारहरूसँग लिनुपर्ने थियो त्यो गर्न सक्नु भएन । सल्लाहकारहरू पनि आपूmभन्दा तल्लै लिनुभयो ।

सहयोगी पनि उस्तै राख्नुभयो । त्यसकारण ओलीजीले चाहना राखेजस्तो सफल हुन सक्नु भएन । ऐन कानुन भनेको नितान्त प्राविधिक कुरा हो । त्यसकारण अहिले केही ऐन कानुनहरू बनेका छन् । ओली हुँदा पनि बन्थे अरू हुँदा पनि बन्थे त्यो ठूलो कुरा होइन । चाहना उहाँले ठूलो राख्नुभएको थियो तर आपूmले राखेको चाहनाअनुसारको तौरतरिका मिलेन । पूरा गर्ने खालको ज्ञान पनि उहाँहरूसँग भएन । त्यसकारण जसरी प्रधानमन्त्रीले गर्छु भनेर ठूलाठूला कुरा गर्नुभयो त्यो पूरा गर्ने कुनै बाटो पक्रन सक्नु भएन । दुई तिहाइ बहुमतको सरकार छ । यो सरकारले काम गर्न चाहेको भए सफल हुन सक्ने थियो ।

कार्की वरिष्ठ अधिवक्ता हुन् ।



प्रतिक्रिया दिनुहोस्