Logo

अबको बाटो भनेको समृद्धि नै हो : गीता राणा



गीता राणा, शिक्षासेवी : पहिलेको तुलनामा अहिले परिवर्तन नभएको होइन, परिवर्तनका थुपै्र काम भइरहेका छन् । अबको बाटो भनेको समृद्धि नै हो । आर्थिक र सामाजिक हिसाबमा देश समृद्ध बन्दैछ । आर्थिक आम्दानीका बाटाहरू बढ्दैछन् । जनता आफैं पनि आर्यआर्जनको बाटोमा छन् ।

अहिले हामीले समृद्धि त भनिरहेका छौं तर समृद्धिको लागि के के मापदण्ड पूरा गरेको हुनुपर्छ त्यसमा ध्यान छैन । समृद्धिको लागि त शिक्षा, स्वस्थ्य, यातायात, रोजगार सबैको पहुँचमा सर्वसुलभ हुनुप¥यो । सबै जनताहरू सुखी हुनुप¥यो ।

उनीहरूका अधिकार राज्यले सम्बोधन गरेर व्यापक सुधार ल्याएको हुनुप¥यो । सबै पक्षलाई हेर्दा हामी धेरै पछि छौं । हामीले देश र जनतालाई समृद्ध पार्न समय लाग्छ । समृद्धिको लागि सरकारले आवश्यक संयन्त्र तयार पार्न सकिरहेको छैन । अहिलेको अर्को अपवाद भनेको कानुन पनि निर्माण भइरहेको छैन । मानिसको जीवनस्तर पनि उस्तै छ ।

शिक्षाले आत्मनिर्भर बनाउन खोज्छ । तर हामीकहाँ शिक्षा क्षेत्र नै बलियो छैन । सुरक्षा र लगानीको वातावरणलाई हेर्दा पनि नेपाल पछि परेको छ । जुनसुकै सरकार आए पनि देश र जनताको भावना बुझेर विकास निर्माणको काम गर्न सकिरहेको छैन ।

समृद्धिका आधार :

सामाजिक सुरक्षा र लगानीको वातावरण सिर्जना गर्ने

आयआर्जनका नयाँ नयाँ स्रोत खोज्दै भइरहेका स्रोतको भरपुर उपयोग गर्ने,

शिक्षा र स्वास्थ्यलाई सरल, सस्तो र व्यवस्थित गराउने,

युवालाई रोजगार दिने



प्रतिक्रिया दिनुहोस्