Logo

सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप



पोखरा, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको गम्भिर आरोप लगाएकी छन् ।

आइतबार नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन,‘सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।’ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot