Logo

अभियानको पूर्वसन्ध्यामा कांग्रेस नेताहरु जिल्ला दौडाहामा, आरोप–प्रत्यारोप मै सिमित



वैशाख ८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले यही बैशाख ११ गतेबाट देशव्यापी रुपमा जनजागरण अभियान संचालन गर्दै छ । जसको लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रिय नेताहरुको नाम समेत सार्वजानिक गरिसकेका छन ।

योसंगै अहिले नेताहरु जिल्लादौडमा व्यस्त हुन थालीसक्नुले पनि जनजागरण अभियानबाट सांच्चै कांग्रेस जुरमुराउला त ? भन्ने बहस चल्न थालेको छ ।

गत बैशाख ३ गते कांग्रेसले देशव्यापी जनजागरण अभियान संचालन गर्ने निर्णय गरेसंगै अहिले नेताहरु जिल्लादौडमा लागेका छन । केही दिन अघिमात्रै कांग्रेस ७७ वटै जिल्लामा संचालन हुने जनजागरण अभियानको नेतृत्व कुन जिल्लामा कस्ले गर्ने भन्ने समेत टुङ्गो लगाइसकेको छ । पार्टीभित्र विभिन्न गुटउपगुटको राजनिति गर्दै आएका नेताहरु समेत अहिले पार्टीको निर्देशनलाई पालना गर्दै जिल्लादौडमा लागेका छन ।

आइतबार मात्रै बरिष्ठ नेता रामचन्द्र पौडेल सहित आधादर्जन प्रभावशाली नेताहरु बुटवल पुगेका थिए । विगतमा कुनै कार्यक्रम गर्दा समेत अलग–अलग कार्यक्रम गर्ने गरेका कार्यकर्ताहरुले पनि अहिले सवै नेताहरुलाई एउटै मञ्चमा उभ्याएर पार्टी एकताको सन्देश दिन खोजका छन। भने नेताहरुले पनि स्वीकार गरेका छन ।

आइतबार रुपन्देहीमा साविको ४ नम्बर निर्वाचन क्षेत्रको भेलामा सम्बोधनका लागि शनिबार नै नेताहरु त्यहाँ पुगेका थिए । वरिष्ठ नेता पौडेलसहित नेताहरु अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, डा. चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे र बद्रि पाण्डेले कार्यक्रममा सम्बोधन समेत गरे । जागरण अभियानअघि नै नेताहरुले एक आपसमा आरोप प्रत्यारोप सुरु गरेका छन् ।

वरिष्ठ नेता पौडेलले विपिको नाममा खोलेका केही प्रतिष्ठानले विपिको रुख माथि नै दुरुपयोग गरेको बताउँनु भएको छ । बुटवलमा रहेको विपि कोईराला अध्ययन प्रतिष्ठानको अवलोकनको लागि पुग्नु भएका वरिष्ट नेता पौडेलले कांग्रेसलाई नै ढाल्ने गरी केही संस्था प्रतिष्ठान लागेर दुरुपयोग भएको बताउँनु भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले अहिले कांग्रेस तार चुडेको फोन जस्तै भएकाले कांग्रेसले आफैमा सुधारिनु पर्ने बताउँनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँड युवा नेता थापा लगयतले विपि कोईरालालाई अहिलेका कुनै नेतासँग तुलना गर्न नसकिने बताएका थिए । पार्टी सभापति देउवा पनि जिल्ला दौडमै व्यस्त छन । त्यसो त पार्टीले अहिले पार्टीको भातृसंगठनहरुलाई समेत सक्रिया हुन निर्देशन दिइसकेका छन । नेपाल विद्यार्थी संघ,महिला संघ लगायतका संगठनले पनि आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सक्रिया हुन पत्रचार समेत गरीसकेका छन ।

यो जागरण अभियानबाट कांग्रेसले आफ्ना नेता कार्यकर्तामा एकताको सन्देश प्रवाह गर्ने र सरकारका कमिकमजोरीलाई जनतासामु पुर्याउने योजना अघि सारेको छ । ढिलैभएपनि कांग्रेसले देशव्यापी जनजागरण अभियानको सुरु गर्न लागेको र नेताहरुको पनि सक्रियता बढेसंगै नेपाली राजनिति वृतमा पनि सकरात्मक विश्लेषण हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्