Logo

‘कर्मचारीको कामको प्रभावकारिता बढाउनुपर्छ’



टीकाराम भट्टराई, कानुनविद् :नयाँ सरकार गठन भएपछि विकास र समृद्धिका आशाहरू जागेका छन् । जनतामा पनि उत्साह छाएको छ । स्थायी सरकारले हालसम्म नभएका अधुरा योजनालाई निरन्तरता दिँदै अघि बढियो भने अहिले असम्भव केही पनि छैन । सरकारका सबै निकाय सक्रिय रूपमा जाग्ने हो र आ–आफ्ना निकायलाई जिम्मेवार बनाएर काम गर्ने हो भने हामी समृद्धिको नजिक पुग्न सक्छौं । केही वर्षमै नेपाललाई समृद्ध पार्न सक्छौं । मेरो विचारमा समृद्धिको लागि हामीले मुख्य तीन कुरामा ध्यान दिन आवश्यक छ ।

१. लगानीको उपयुक्त वातावरण बन्नुपर्छ,
२. सुशासन र पारदर्शिता हुनुपर्छ,
३. कर्मचारीको कामको प्रभावकारिता बढाउनुपर्छ

यी तीन पक्षमा ध्यान दिएरका अघि बढियो भने हामीले केही वर्षमै मुलुकलाई समृद्धितर्फ डो¥याउन सक्छौं । त्यसकारण परम्परागत कानुनको परिवर्तन, कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने, हरेक सरकारी निकायलाई जनमुखी बनाउँदै जनतालाई सुशासनको प्रत्याभूत गराउनु पर्दछ । यी कुरामा मुख्य रूपमा ध्यान दिइयो भने हामीले चाहेको समृद्धि केही वर्षमै हासिल गर्न सक्छौं ।

अहिले देश बिग्रिनुको मुुख्य कारण पनि यी तीन पक्षमा ध्यान नदिँदा हो । यो सँगसँगै राजनीतिक इच्छाशक्तिको पनि उत्तिकै खाँचो रहन्छ । अहिले हामी राजनीतिक विषयमा बढी चासो दिएको छौं । अहिलेको अवस्थाको राजनीतिक स्थिति विकासको लागि ठूलो अवसर हो । योभन्दा अघि गिरिजाप्रसाद कोइरालाको पालामा देश बनाउने एउटा राजनीतिक मोड आएको थियो, तर त्यतिबेला विकासका काम भएनन् । समय बित्दै जाँदा राजनीतिक अन्तरद्वन्द्व नै चर्किन थाले ।

विकासका काममा त्यति फर्किन सकेनौं । अहिले हाम्रो देशका नेकपाको सरकारलाई देश बनाउने अवसर आएको छ । यो सरकारले ध्यान दिएर विकासका काम ग¥यो भने त्यसको फाइदा पनि सरकारले नै लिनेछ । जनताले यही पार्टीलाई सर्वोत्कृष्ट मान्नेछन् । त्यसकारण ढिलै भए पनि विकासका काम गर्ने अवसर हामीलाई प्राप्त भएको छ । यो दुई तिहाइको सरकारले विकासतर्फ बल लगाउनुपर्छ ।

राजनीतिक विषयमा ध्यान नदिई विकासका काममा ध्यान दिइयो भने हामीले केही समयलाई नेपाललाई समृद्ध बनाउन सक्छौं । चाहेको विकास गर्न सक्छौं । तर, त्यसको तत्परता सरकार र सरकारी निकायका व्यक्तिहरूमा हुनु जरुरी छ । हामीले चाहेको समृद्धि पछ्याउनको लागि अहिलेका सरकारले ल्याएको योजना पनि काफी नै छन् मात्रै ती योजनामाथि सन्तुलन ढंगले काम हुनुपर्छ । ०००



प्रतिक्रिया दिनुहोस्