Logo

पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि



काठमाडौं, ९ बैशाख। फ्रेन्च लिग वानको उपाधि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ । गएराति भएको खेलमा मोनाकोलाई ३–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि निश्चित गरेको हो ।

दोस्रो स्थानको लिलीसमेत बराबरीमा रोकिएपछि पीएसजीको उपाधि निश्चित भएको हो । पीएसजीले पछिल्लो ७ सिजनमा छैटौं पटक लिग उपाधि उचालेको हो ।

लामो समय चोटले मैदान बाहिर रहेका नेयमार मैदान फर्किएको खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । १५ औं मिनेटमा पहिलो गोल गरेका उनले ३८ औं मिनेटमा दोस्रो र ५५ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी भएका छन् । मोनाकोका गोलोभिनले ८० औं मिनेटमा एक गोल फर्काएका थिए । एम्बाप्पेको ह्याट्रिकले नेयमारको आगमन छायाँमा पर्‍यो ।

जनवरीमा चोटको शल्यक्रिया गरेका नेयमार पहिलो पटक मैदान उत्रिएका थिए । उनी सन् २०१७ मा २ सय २२ मिलियन युरोमा पीएसजीमा अनुबन्धन भएका थिए । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्