Logo

तारा एयरको जहाज धावनमार्गबाट चिप्लियो, मन्थली विमानस्थल बन्द



काठमाडौं, ९ बैशाख । लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिदा रामेछापको मन्थली विमानस्थल बन्द भएको छ।

सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ट्विनटर जहाजको रनवेमा चिप्लिएको थियो। हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ। जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय क्षति भएको छैन् ।

धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ। जहाज नहटाएसम्म विमानस्थल सुचारू हुने अवस्था छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot