Logo

सुन तस्करीको प्वाल बन्द गरेको सरकारको दाबि, आज मात्रै सात किलो सुन पक्राउ



रसुवा, १० वैशाख । उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा आज प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार केरुङबाट ना६ख ९०६८ नंको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध सात केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले बरामद गरेको हो ।

सामान परीक्षणका क्रममा विशेष सुराकीका आधारबाट कन्टेनर डिब्बा जाँच गर्दा चालक सिटको माथिल्लो भागमा साधारण तवरले रुमालमा बेरिराखेको अवस्थामा सात केजी सुन फेला परेको र सुन लुकाई ल्याउने डिब्बा चालक नौकुण्ड गापा–१ थाङदोर निवासी शेर ग्याल्पो घलेलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताउनुभयो ।

सुनसहित पक्राउ परेका घलेलाई अहिले साझ आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धुञ्चेमा पठाइएको बताइएको छ । सुनको मूल्य भने निर्धारण गर्न बाँकी रहेको प्रनाउ केसीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot