Logo

आज लोकतन्त्र दिवस, जनताले के पाए ?



वैशाख ११, काठमाण्डौ । आज बैशाख ११ गते अर्थात लोकतन्त्र दिवस । नेपालमा लोकतन्त्र बहाली भएको १३ वर्ष पूरा भएको छ ।

२०६२–६३ को १९ दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा आजकै दिन अर्थात वैशाख ११ गते लोकतन्त्र स्थापना भएको थियो । मुलुकमा लोकतन्त्र पुनःस्थापनाको १० बर्ष पूरा भईसकेको छ । लोकतन्त्र स्थापनका लागि हजारौ नेपाली जनता स्वत स्फूर्त रुपमा सडकमा उर्लिएका थिए ।

२५ जनाले शहादत प्राप्त गरेका थिए भने २१ हजार नेपाली जनता घाईते भएका थिए । तर अहिले सम्म जनताको भावना राजनितिक दलहरुले बुझ्न नसकेको गुनाशो उस्तै नै छ ।

मुलुकमा पटकपटक गरि धेरै आन्दोलनहरु भए । नेपालमा जति पनि उपलब्धीहरु हासिल हुदै गएका छन् ति सबैमा नेपाली जनताको प्रत्यक्ष संल्ग्नता रहेको पाईन्छ । २००७ सालको क्रान्तदेखि २०४६ सालको जनआन्दोलन हुँदै ६२–६३ को जनआन्दोलन जनताकै बलले सफल भएको हो ।

लोकतन्त्र बहालीपछि ठुलो उपलब्धी भनेकै २०७२ असोजमा जारी भएको नेपालको संबिधान २०७२ हो । तर संबिधान कार्यान्वनमा भने अझै बिभिन्न बाधा अड्चनहरु देखिएकै छन् ।



प्रतिक्रिया दिनुहोस्